
सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार ३ अर्ब ८७ करोड
काठमाडौं । पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको सेयर बजारमा ब्रेक लागेको छ । अघिल्ला दिनहरुमा घटेको सेयर बजार आज भने सामान्य बढेर कारोबार भएको छ ।
आज सेयर बजार ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले बढेर ४७६.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मूल्य बढेको छ । परिसूचक बढे पनि सेयर बजारमा आज कारोबार भने ४ अर्ब भन्दा कममा सिमित भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ४० हजार ८३७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँको कारोबार भएको छ ।


