
एमालेको राष्ट्रिय भेला लगत्तै केन्द्रीय कमिटी बैठक र जनप्रतिनिधिको भेला
काठमाडौं । नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्ने भएको छ ।
पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुनेछ । त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुनेछ । भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक आयोजना हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।


