
सानिमा रिलायन्स लाइफको नाफा १५ करोड २ लाख, बीमा शुल्क आर्जन २३ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा सामान्य बढेको हो। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ९८ पैसा पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ ९३ पैसा थियो।
समीक्षा अवधिमा कम्पनीले कुल २ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन २३.३ प्रतिशतले बढेको छ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी २ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २ अर्ब ५० करोड ६१ लाख रुपैयाँ रहेको छ। वित्तीय विवरणअनुसार कम्पनीको कुल सम्पत्ति ३३ अर्ब ८८ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल सम्पत्ति ३२ अर्ब २६ करोड ८६ लाख रुपैयाँ थियो।
त्यस्तै, कम्पनीको कुल इक्विटी ५ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ।
कम्पनीको सोल्भेन्सी अनुपात १.५७ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात १.४६ रहेको थियो।


