
काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते
काठमाडौं । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको र विपरीत दिशाबाट जाँदै गरेको दुई बस ठोक्किँदा २५ जना घाइते भएका छन्।धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस बिहीबार बिहान करिब ११:४० बजे ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएकामध्ये २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र ४ जनालाई धुलिखेल अस्पताल पठाइएको छ। दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ।


