
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन भारी वृद्धि भएको सुनचाँदीको मूल्य आज भने घटेर कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ र चाँदी ११० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ९२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


