
काठमान्डुले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएछ। काठमान्डुको कप्तानी करण केसीले गरेका छन् भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन्।
विराटनगरको पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । काठमान्डुको पहिलो रोजाइमा तीन परिवर्तन गरिएको छ । मोहम्मद आदिल आलमसहित रिपोन मन्डोल र स्मित पटेलको स्थानमा नेपाली विकेटकिपर साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगे काठमान्डुको पहिलो रोजाइमा खेल्दैछन् ।


