
सेयर बजारमा १२ अंकको गिरावट, कारोबार ५ अर्ब मुनि
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर कारोबार भएको हो ।
आज सेयर बजार परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले घटेर ४७८.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एक वटाको बढेको छ । परिसूचक घटेको दिन कारोबार पनि घटेको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड २३ लाख ७३ हजार ८४१ कित्ताका सेयर ४४ हजार ४१२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।


