
जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुनकाे कति ?
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्म ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
असोज मसान्तसम्मको अवधिमा सबै भन्दा बढी बीमा शुल्क नेपाल लाइफले संकलन गरेको छ । यो कम्पनीले १४ अर्ब ७२ करोड ८९ लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै यो अवधिमा नेशनल लाइफले ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । प्राधिकरणको तथ्यांक अनुसार असोज मसान्तसम्ममा एलआईसी नेपालले ५ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै यो अवधिसम्ममा हिमालयन लाइफले ५ अर्ब १५ करोड १३ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सूर्यज्योति लाइफले ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ७८ करोड २५ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ५२ करोड १ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब २४ करोड ५८ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ कुल बीमाशु्ल्क आर्जन गरेको छ ।
त्यसैगरी असोज मसान्तसम्म रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ९ लाख रुपैयाँको व्यवसाय गर्दा प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८४ करोड ५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । असोज मसान्तसम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।



