
अपि पावरले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।


