
विद्युतीय खरिद प्रणाली प्रणाली सञ्चालनमा
काठमाडौं । विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएकाे छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले उद्घाटन गरेका हुन् ।
कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनकाे ईजीपी सिस्टम सुरक्षित भएको दाबी गरे । उनले ईजीपी पुरानो प्रणालीभन्दा सुरक्षित र भरपर्दो भएको बताए ।


