
एनपीएल : कर्णाली याक्सविरुद्ध काठमाडाैं गोर्खाजको रोमाञ्चक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो ।
१ सय ८१ रनको लक्ष्य पछ्याएको काठमाडाैंले १९.४ ओभरमा सनसनीपूर्ण जित निकालेको हो ।योसँगै कर्णालीले जारी सिजनमा पहिलो हार व्यहोरेको छ भने काठमाडाैंले पहिलो जित दर्ता गरेको छ ।


