
बेनी हाइड्रोपावरको सेयर मूल्यमा १०१ प्रतिशतको वृद्धि
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्यमा १०१ प्रतिशतको वृद्धि देखिएको छ । गत साता सेयर बजारमा यो कम्पनीको सेयर मूल्य १०१.०५ प्रतिशतले बढेको हो ।
दशैँ अघिदेखि दोस्रो बजारको कारोबार सुरु गरेको यो कम्पनीको सेयर मूल्यमा गत साता उच्च वृद्धि भएको हो । अघिल्लो साता ३५३ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य गत साताको शुक्रबारको अन्तिम कारोबार दिन बढेर ७०९ रुपैयाँ ७० पैसा पुगेको थियो । गत साताका सबै कारोबार दिन यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लागेर मूल्य बढेको छ ।


