
प्रधानमन्त्रीको सचिवालयको दाबीः पत्रकार पक्राउमा हाम्रो संलग्नता र जानकारी छैन
काठमाडौं । पत्रकार नियन्त्रणका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को सचिवालयले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको बताइन् ।
‘आज जे–जति घटनाक्रमहरू विकास भएका छन् । यी घटनाक्रमहरूमा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन,’ दाहालले भनिन्, ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’ यता प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिइरहेकाे छ ।


