
नेप्सेमा ५ अंकको गिरावट, कारोबार साढे ८ अर्ब माथि
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम नेप्से घटेर बन्द भएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा उच्च अंकले बढेको बजार आज सामान्य अंकले घटेर कारोबार भएको हो ।
आज सेयर बजार ५.४५ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६९०.१५ विन्दुमा पुगेको छ । आज सेयर बजार कारोबार समयमा २७१२ विन्दुसम्म पुगेको थियो । २७०० माथि पुगेको बजार अन्तिममा भने २६०० विन्दुमा नै झरेर रोकिएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६९ वटाको मूल्य घटेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ । आज सेयर बजारका ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ४८७.६६ विन्दुमा पुगेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्सेका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ ।
आज सेयर बजारमा ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर ७४ हजार ५४ पटक खरिद बिक्री हुँदा ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


