
कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशत बढ्यो, इपीएस सहित अन्य सूचक कस्ता ?
काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा १७ प्रतिशतको सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशतले नाफा बढेको हो ।
चालु आथिएक वर्षको पहिलो त्रैमासिकसम्ममा बैंकको नाफा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशत बढेको छ ।
चालु आवको असोज मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ११ करोड २ लाख ३६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ, सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत रहेको छ । ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप २.६० प्रतिशत र कर्जा ३.९५ प्रतिशतले बढेको छ । चालु आवको असोजसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँबाट बढेर २३.१३ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ ।


