
कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको दोस्रो तथा समग्रमा तेस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।
१३३ रनको लक्ष्य पाएको जनकपुर ११३ रनमा समेटिए पछि कर्णालीले विजयी सुरुवात गरेको हो । जनकपुरका लागि कप्तान हरमित सिंह र अभिषेश तिवारीले समान २० रन बनाए । त्यस्तै मोइन अलीले १९ रन बनाए । जमि निसमले टोलिका लागि १५ रनको योगदान दिए भने मायकं यादबले १४ रनको पारी खेले । कर्णलीका लागि युनिश ठकुरी र हुसेन तलतले समान ३/३ विकेट लिए । त्यस्तै नन्दन यादबले २ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका लागि बंगलादेशी ब्याटर अरिफुल इस्लामले ४३ रन बनाए । त्यस्तै पवन सराफले ३७ रनको योगदान दिए दिपक डुम्रेले १३ रन बनाउँदा गुल्सन झाले १२ रन बनाएका थिए । कर्णालीलाई सामान्य स्कोरमा समेट्ने क्रममा जनकपुरका हर्मित सिंहले ३ विकेट लिए । त्इस्तै मोइन अली र राहुल यादवले २/२ विकेट लिए । ललित राजबंशीले एक विकेट लिए ।


