
पुर्ख्याैली गाउँ सपहीमा पूर्व राष्ट्रपति यादवको दसैं
काठमाडौं। प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुर्ख्याैली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैं मनाएका छन्।
वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा. यादव यही मंगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुर्ख्याैली गाउँ सपही पुगेका थिए। यस वर्ष गाउँमा आई परिवारजन र दाजुभाइसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए।


