
एनपीएल तेस्राे सिजन : डीआरएस लागू, खेल समय पनि परिवर्तन
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःखमा परेका परिवारको पीडामा मलम लगाउन र खुसी बाँड्न आग्रह गरेका छन् ।
विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराख्न आग्रह गरेका हुन् ।
‘धेरै परिवार दुःख, पीडा र कठिनाइमा छन् । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्’, उनले भनेका छन्, ‘दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ।’
थापाले विजयादशमीले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।


