
विश्वकप क्रिकेट लिग–२ : ओमान माथि नेपालको जित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । अन्तिम तथा निकै महत्वपूर्ण खेलमा नेपाल १० रनले विजयी भएको हो ।
जितका लागि २८१ रनको लक्ष्य पाएको ओमान निर्धारीत ओभरमा ७ विकेट गुमाएर २७० रनमा समेटियो । उसका लागि जतिन्दर सिंह र हम्माद मिर्जाले अर्धशतकिय पारी खेले पनि टोलिलाई जित दिलाउन सकेनन् । सिंहले ८९ रन बनाए भने मिर्जाले ८७ रनको पारी खेले । दोस्रो विकेटका लागि यी दुई बीच उत्कृतष्ट साझेदारी भएको थियो । त्यस्तै हसनैन शाहले पनि टोलिका लागि ४० रनको पारी खेले ।
ओमानलाई लक्ष्यसम्म पुग्नलाई रोक्ने क्रममा नेपालका लागि ललित राजबंशी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए । सन्दीप लामिछाने र नन्दन यादबले समान १ विकेट लिए । यस अघि टस जितर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा अलआउट हुँदै २८० रन बनाएको थियो । नेपालका लागि पूर्व कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको पारी खेले । दिपेन्द्र सिंह ऐरिले पनि टोलिका लागि ६९ रनको योगदान दिए । ओपनर देव खनालले पनि ५७ रनको अर्शसतकीय पारी खेले । इशान पाण्डेले २९ रन बनाए भने अन्यले उल्लेख्य पारी खेल्न सकेनन् ।
ओमानका लागि शाह फैसलले सर्वाधिक ५ विकेट लिए । जय ओदेद्राले ३ विकेट लिए भने समय श्रीवास्तवले २ विकेट लिए ।


