
बेनी हाइड्रोपावरको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कारोबार ?
काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७३ रुपैयाँमा पहिलो कारोबार भएको हो ।
कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । बुधबारको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो । तर, सो सेसनमा म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा कम्पनीको पहिलो कारोबार आजको स्पेशल प्रि ओपन सेसनमा भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता सेयर गरी कुल १ करोड ४ लाख कित्ता सो दिन नेप्सेमा सूचीकृत भएको थियो । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।
सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको सेयर टिकरमा कारोबार भएको हो ।


