
स्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असोज २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गरी गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।


