
नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, भ्वाइस र डाटा प्याकमा आकर्षक सुविधा
काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले यस अफरअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेज र सुविधा उपलब्ध गराएको छ ।
कम्पनीले आफ्ना विभिन्न डाटा तथा कम्बो प्याकेजलाई थप आकर्षक बनाउँदै नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ ।
अफरअन्तर्गत अल नेट भ्वाइस प्याकमा ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यी प्याकेजको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन रहेको छ ।
त्यसैगरी, सजिलो अनलिमिटेड प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनका लागि अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस उपलब्ध हुनेछ । यस्तै, १ हजार ४९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले ३७३ रुपैयाँको रेन्टल चार्जमै विभिन्न भ्वाइस तथा डाटा प्याकेजका साथै अन्य कम्बो प्याकेजसमेत प्रयोग गर्न सक्नेछन् ।
कम्पनीका अनुसार भ्वाइस र डाटा प्याकेजबाहेक बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक तथा एफटीटीएच प्याकलगायतका सुविधा पनि उपलब्ध छन् । फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत छुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।
नेपाल टेलिकमको ‘अटम अफर २०८३’ असोज २६ गतेदेखि लागू भएको हो । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।
त्यसैगरी, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np मार्फत पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।


