
नेपाल माइक्रो इन्स्योरेन्सको सीईओ बने अनिल गिरी
काठमाडौ । लघु बीमक नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरीले नियुक्ति पाएका छन्।
उनलाई कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले सो पदमा नियुक्त गर्ने गरेको हो।


