
सर्बोत्तम पेन्ट्सको सञ्चालक समिति निर्वाचित
काठमाडौं । सर्बोत्तम पेन्ट्सको सञ्चालक समिति निर्वाचित भएको छ । कम्पनीको असोज २५ गते सम्पन्न वार्षिक साभारणसभाले सर्वसम्मत रुपमा सञ्चालक समिति गठन गरेको हो ।
कम्पनीको पाँचौ वार्षिक साधारण सभाबाट शिव सिंह कार्कीको अध्यक्षमा ४ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो । कम्पनीका अनुसार सञ्चालकमा लक्ष्मी दत्त पाण्डेय, नविन प्रसाद घट्ट र जयन्ती महरा सर्वसाधारण समूहबाट सञ्चालक चयन भएका छन् ।


