
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । आज सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।


