भोली काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, शेयर कारोबार पनि बन्द हुने
काठमाडौं । भोली आईतबार काठमाडौं उपत्यकामा सार्वजकि बिदा दिइने भएको छ । सरकारले आईतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएसँगै शेयर कारोबार समेत बन्द हुने भएको हो।
सो बिदा मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले दिने भएको हो भने काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा कायम हुनेछ। काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले हिजो साँझ एक सूचना जारी गर्दै खबर गरेका हुन् ।
विगतका वर्षहरुमा पनि सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।