
विपद् प्रभावितको राहत र पुन:स्थापनाका लागि मुगुम समाज कल्याण केन्द्रद्वारा ६ लाख सहयोग
काठमाडौँ । मुगुम समाज कल्याण केन्द्रले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ।
केन्द्रका प्रतिनिधिहरूले शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग भेट गरी उक्त रकम सहयोग स्वरूप उपलब्ध गराएका हुन्।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उनीहरूको पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको केन्द्रले जनाएको छ।
विपद् व्यवस्थापनमा सरकारी प्रयासलाई सहयोग पुर्याउने उद्देश्यसहित केन्द्रले आर्थिक योगदान गरेको हो।


