
दुई महिनामै निर्जीवन बीमा कम्पनीको व्यवसाय करिब १० अर्ब, कुन कम्पनीको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले उक्त रकमको व्यवसाय गर्न सफल भएका हुन् ।
यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड ३४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ४२ करोड २६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


