
कांग्रेस महाधिवेशन : पुनः सर्यो मतदानको समय, अब २ बजेबाट सुरु हुने
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ । मतदानको सम्पूर्ण तयारी पूरा नभएसँगै दिउँसो १ बजेका लागि तय भएको मतदानको समय पुनः सरेको हो ।
महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा मतदान हुन लागेको हो । आज बिहान १० बजेबाट मतदान सुरु हुने भनिएको थियो । तर, तयारी पुरा नभएको भन्दै सर्दै आएको छ ।


