
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने बुद्धि अकेला
काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) मा बुद्धि अकेलाको बढुवा भएको छ। सोही बैंकको नायब महाप्रबन्धकको जिम्म्ेवारीमा रहेका अकेला अब एसीईओ बनेका हुन् ।
यता, उनले त्यस्तो प्रमोसन पाएको बेलामा उनको बैंकिङ अनुभव २ दशक माथि रहेको बुझिएको छ । नेपाली बैंकिंग क्षेत्रलाई नजिकबाट नियालेका उनले आगामी दिनमा बैंकको विश्वासलाई ग्राहक माझ वृद्धि गर्दै थप सशक्त ढंगले प्रस्तुती दिने संचलाक समितिको अपेक्षा छ ।


