
कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण
सुर्खेत। कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता जोशीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६० बमोजिम जोशीलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका थिए।
प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा नियुक्त मुख्यन्यायधिवक्ता जोशी दैलेखको नारायण नगरपालिका-१ निवासी हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा विसं २०५४ मा बिएल (स्नातक) र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा विसंं २०५९ मा एमए (स्नातकोत्तर) उत्तीर्ण गरेका जोशीले २५ वर्षदेखि अनवरत कानुन व्यवसायीका रूपमा काम गर्दै आएको बताए।


