
कांग्रेसको विधान पारित, २९७ सदस्यीय केन्द्रीय कार्यसमिति
काठमाडौं। नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा जारी बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो।
प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारीअनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहनेछ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चारजना रहनेछन्। उपसभापतिमा एक महिला अनिवार्य गरिएको छ।
त्यस्तै, महामन्त्री तीनजना रहनेछन्। जसमा एक महिला अनिवार्य गरिएको छ। १५ जना सहमहामन्त्री रहनेछन् भने कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एकजना हुनेछन्। संशोधित विधानअनुसार प्रवक्ता एकजना हुनेछन् भने सहप्रवक्ता पनि हुने व्यवस्था गरिएको छ।


