
एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार
काठमाडौं । सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्री सहज रूपमा छनोट गर्न सकून् भन्ने अवधारणाका साथ आई ब्युटी सञ्चालनमा ल्याइएको हो ।
आई ब्युटीमा हाल लास्या, सिल्कन र टेनजिरो गरी तीनवटा एक्सक्लुसिभ ब्रान्ड उपलब्ध छन् । लास्या इटलीसँग सम्बन्धित सौन्दर्य ब्रान्ड हो । यसका सामग्री इटलीमा उत्पादन भएर आउने र नेपालमा प्याकेजिङ तथा रिफिलिङ गरिने कम्पनीले जनाएको छ । लास्या सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध हुँदै आएको छ ।
त्यस्तै, सिल्कन कोरियाली सौन्दर्य ब्रान्ड हो, जुन सन् २०१३ देखि नेपालमा बजारमा उपलव्ध हुँदै आएको छ । सिल्कनका सामग्री कोरियाली प्रविधि तथा अवधारणामा आधारित भए पनि प्याकेजिङ र रिफिलिङको काम नेपालमै गरिन्छ ।
आई ब्युटीका अनुसार नेपालमै प्याकेजिङ तथा रिफिलिङ हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर र ब्रान्डको अवधारणा कायम राख्दै नेपाली उपभोक्ताको क्रयशक्ति र बजेटलाई ध्यानमा राखेर तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा सामग्री उपलब्ध गराउन सहज भएको हो ।
सन् २०२६ मा आई ब्युटीले टेनजिरोलाई नेपालमा सार्वजनिक गरेको छ । ‘मेड इन कोरिया’का रूपमा प्रस्तुत गरिएको टेनजिरो आई ब्युटीको एक्सक्लुसिभ ब्रान्ड हो ।
आई ब्युटीले नेपाली बजारमा ब्रान्डप्रतिको धारणा र उपभोक्ताको आवश्यकता फरक हुने भन्दै ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार सामग्री छनोट गर्न पाउने वातावरण बनाउन खोजिएको जनाएको छ ।
‘एभ्रिथिङ यु निड, अन्डर वन रूफ’ अवधारणासहित सञ्चालनमा आएको आई ब्युटीका हाल केएल टावरको दोस्रो तल्ला, धुम्बाराही पिपलबोट र सिटी स्क्वायर सामाखुसीमा तीनवटा शाखा सञ्चालनमा छन् । कम्पनीले आई ब्युटीलाई कस्मेटिक पसलभन्दा पनि विभिन्न ब्रान्ड, उत्पादनको विविधता, सुविधा र पहुँचयोग्य मूल्यलाई एउटै स्थानमा जोड्ने प्रयासका रूपमा अघि बढाएको जनाएको छ ।


