
सन नेपाल लाईफबाट बाहिरिए कवि फुयाँल, अबकाे यात्रा कता ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कवि फुयालले पदबाट राजिनामा दिएका छन् । उनले तीन महिनाकाे अवधि राखेर पदबाट राजीनामा दिएका हुन् ।
यसअघि आईएमई लाइफमा चार बर्ष सिईओको कार्यकाल पुरा गरेका फुयाँलले नयाँ गन्तव्यबारे धेरै चर्चाहरु भइरहका छन् । उनले भने अहिले अबकाे गन्तव्यका विषयमा निर्णय लिइ नसकेकाे बताएका छन् । तर, उनी हिमालयन लाइफमा जाने तयारीमा रहेकाे चर्चा चलिरहेकाे छ ।


