
बीमा : बास्केट फण्डको सिद्धान्त
काठमाडौं । बीमा भनेको जोखिम पूर्व नै गरिने करार हो । त्यस्तो करार वा सम्झौतामा पहिलो पक्ष र दोस्रो पक्षले आफ्नो आवश्यकतामा भद्र समझदारी गर्छन् । हुन् त कतिपय निर्जीवन वस्तुहरुको क्षती हुँदा त्यस्ता सामानको सट्टा मानिसहरुले अर्का सामाग्री खरिद गर्न सक्छन् । तर, मानव जीवनको बदलामा कुनै अर्को लाभांश पाउन सकिदैन ।
बरु त्यस्ता विपतको बेलामा उल्टै मानिहरुलाई बेचैनी, नोक्सानी तथा आर्थिक समस्याले निकै पिरोल्न थाल्छ । हो, त्यसरी कुनै पनि घरको कमाई गर्ने अभिभावक वा घरमूली, धनमाल आर्जन गर्ने व्यक्तीको निधन वा अशक्ततामा पनि बीमा निकै हदसम्म सारथी बन्ने गर्छ ।
के हो बास्केट फण्डको सिद्धान्त ?
अहिले पनि बीमा गरे बापत तिरिने रकम जसलाई बीमाशुल्क भनिन्छ, त्यस्तो शुल्कलाई नाफा घाटासँग तुलना गर्ने चलन कायमै छ । बीमा भनेको सिधै नाफा र घाटासँग भन्दा पनि बचत र रक्षावरणसँग जोडिने विषय हो ।
आज हामीले तिरेको बीमाशुल्कले आज नै हामीलाई लाभ दिन वा नदिनसक्छ । तर, हामी जस्तो धेरैजनाले तिर्ने बीमाशल्कले क्षती पुगेका कुनै व्यक्ती वा निजका आश्रित परिवारलाई सघाउने पक्का छ ।
अब यसरी पनि बुझौं, हामीले आज बीमा गर्दा तिरेको पैसा भैपनि आउँने र आगामी दिनको लागि आफ्नो वा आफ्नो परिवारको लागि गरिएको एक लगानी हो ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स
एउटै बास्केटमा धेरै वटा अण्डा राख्दा त्यो बास्केट झरेमा सबै अण्डा जोखिममा हुन्छ । अब, त्यसरी राखिएका अण्डालाई धेरै वटा बास्केटमा राखेमा सबै अण्डा एकै पटक जोखिमा पर्दैनन् ।
यसको मतलब हामीले गरेको बीमाशुल्क एउटै कम्पनीमा थुप्रिएर बस्दैन । बरु, पूनर्बीमा कम्पनीको माध्यमबाट स्वदेश तथा विदेशमा त्यस्ता जोखिमहरु छरिन्छन् । अब, जति जोखिम बाढ्न सक्यो त्यति नै कुनै एक ठाउँ हुने उल्का पात क्षतीले पनि कम्पनीलाई पूर्ण रुपमा ठूलो हानी पुर्याउँदैन ।
पछिल्लो समय बीमा साक्षरताको विषयमा आम नागरिकहरुले आश्वयक जानकारी पाउने क्रम बढेकै देखिन्छ । तर, पनि अब हामीले पुरानो भन्दा अहिलेको बीमा बजार बढी, औँठा छापबाट फिंगर प्रिन्टमा पुग्यो भनेर मख्ख पर्ने बेलामा भने भइसकेको छैन । कारण, विदेशी राष्ट्रहरुले बीमामा कमाएको एकमात्र महत्वपूर्ण कुरा छ, त्य हो विश्वास । अब, बीमा कम्पनीहरुले जति विश्वास बढाउँदै जाने वातावरण सिर्जना गर्छन् त्यसले ढिलो चाँडो बीमा क्षेत्रमा समग्रमा धेरै सकारात्मक विषयहरुमा प्रभाव पार्ने देखिन्छ ।
अब बीमा करले होइन रहरले गरौं । एजेन्टले कमिसन पाउनका लागि बीमा भएको सोच्नु भन्दा पनि आफ्नो ठूलो क्षती सम्झेर आफूलाई फिट हुने बीमा पोलिसीमा आवद्ध बनौं । अहिले सरकारले पनि सरकारी सम्पत्तीलाई अनिर्वाय रुपमा बीमाको दायरामा समेट्ने कुरामा जोड दिएको अवस्था छ ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स


