
नेशनल लघुवित्तको सञ्चालकमा आचार्य नियुक्त
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्। संस्थाको प्रमुख संस्थापक सेयरधनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रविन सिजापती उक्त बैंकबाट अलग भएपछि रिक्त रहेको सञ्चालक पदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रमोद आचार्यलाई मनोनयन गरेको थियो।
उक्त मनोनयन अनुसार नेशनल लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।


