

डीएभी स्कूलको आयोजनामा ‘टीप–टप इन्डो–नेपाल टी ट्वान्टी टुनामेन्ट’ सम्पन्न हुँदै




काठमाडौं । डीएभी स्कूलको आयोजनामा टीप–टप इन्डो नेपाल टी ट्वान्टी टुनामेन्ट सम्पन्न हुने भएको छ । उक्त टुनामेन्टको टाइटल स्पोन्सरमा लोकप्रिय ब्राण्ड टीप–टप रहेको आयोजक टोलीले जनाएको हो ।
त्यस्तै, (पावर्ड बाई) शिवशक्ती एडुमार्क, एमआई केटीएम ब्यूटी केयर (प्याटीनम स्पोन्सर) को रुपमा सहभागीता रहने भएको छ ।
टुनामेन्टको बारेमा
अण्डर सिक्सटीनको सो खेलमा १० कक्षा तथा सो भन्दा तलका विद्यार्थीहरुको सहभागीता रहने छ । कार्यक्रम यही (जनवरी २६ देखी ३१), माघ १३ गतेदेखी १८ गतेसम्म ६ दिन चल्नेछ । टुनामेन्टको फम्र्याट लिक कम नक आउट रहेको छ भने खेल लोवर मुलपानी क्रिकेट ग्राउण्डमा संचालन हुनेछ ।
सहभागी टीमहरु
पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर, बोल्पुर यूथ टाउन कल्ब वेस्ट बंगाल, ग्रेट हिमालय क्रिकेट एकेडेमी, टीप टप डीएभी एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, एगंल्ज स्पोट्स एकेडेमी रहेका छन् ।
उक्त खेलमा आकर्षक र मनोरन्जनात्मक हुने आयोजक राजधानीस्थित जावलाखेल, ललितपूरमा अवस्थित डी एभी सुशिल केडीया विश्व भारती स्कूलले विश्वास व्यक्त गरेको हो ।