
पाकिस्तानमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु, ३० घाइते
काठमाडौं । पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।
बीबीसी उर्दूका अनुसार घटनास्थलबाट ११ जनाको शवसमेत निकालिएको छ । उद्धार अधिकारीहरूले विस्फोटमा घाइते ३० जनालाई प्राथमिक उपचारपछि विभिन्न अस्पतालमा भर्ना गरिएको बताएका छन् ।
अधिकारीहरूले घटनास्थलको अवस्थामाथि निरन्तर निगरानी भइरहेको बताएका छन् । विस्फोटको प्रकृति र त्यसको कारणबारे भने थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।


