

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले दिए आवेदन, ११ जनालाई कस्ले उछिन्ला ?




काठमाडौँ । हाल नेपाली बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन् । प्राधिकरणका अनुसार शुक्रबार ३ बजेसम्मको अवधिमा १२ जना इच्छुकले आवेदन दिएका हुन्।
अहिले आवदेन दिनेहरुमा तत्कालिन (बीमा समिति) का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, प्राधिकरणका वर्तमान निर्देशक कमलराज रेग्मी, दुई जना पूर्व सचिव, रामशरण पुडासैनीले आवेदन दिएका छन् । त्यस्तै, महेश्वर न्यौपाने थरका दुई पूर्व सचिव सहित दामोदार बसौलाले आवेदन दिएका छन् ।
यता, दामोदर बसौंलासँग स्वाथ्य बीमा बोर्डमा काम गरेको अनुभव छ भने उनी बीमा विषय नै अध्ययन गरेका विज्ञ समेत रहेको बताइएको छ । त्यस्तै, तत्कालिन बीमा समितिको अनुभव सम्हालेका चापागाईंदेखि नेपाल सरकारका उमेद्धारहरु बिच चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।
एक साथ एक दर्जन भेट्रान उमेद्धारहरुले बीमा प्राधिकरणको अध्यक्ष बन्न इच्छा जाहेर गरेसँगै नेपाली बीमा क्षेत्रमा साच्चै को बन्लान्न त अध्यक्ष ? भन्ने कौतुहतला बढ्दै गएको देखिन्छ ।