
राष्ट्रिय बीमा कम्पनीको सीईओ बने हिक्मत बहादुर भण्डारी
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिक्मत बहादुर भण्डारीले नेतृत्व लिएका छन्।
भण्डारीले नेपाल सरकार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्रअनुरुप नेतृत्व लिएका छन् । उनले अर्थमन्त्रीस्तरीय निर्णयबाट नयाँ व्यवस्था नभएसम्म जिम्मेवारी सम्हाल्ने छ्न । बीमा दर्पण डटकम संगको प्रत्यक्ष भेटमा कम्पनी सचिव कविता लामाले सो जानकारी दिएकी हुन् ।

