
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । अर्थमन्त्री वाग्ले शनिबार साँझ काठमाडाैं फर्किएका हुन् ।
भारत भ्रमणका क्रममा उनले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तासँग छलफल गरेका थिए । नेपालमा लगानीका पर्याप्त अवसर रहेको उल्लेख गर्दै उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार तथा लगानी विस्तारका विषयमा पनि छलफल गरेका थिए ।

