
होटेल पार्क ल्याण्डको साधारणसभा आह्वान
काठमाडौं । होटेल पार्क ल्याण्ड लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २२ गतेका लागि ९ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभा सोल्टी ब्यांक्वेट सोल्टीमोडमा बिहान ११ वजेदेखि सुरु हुने छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.ब. २०८२/२०८३ को वार्षिक प्रतिवदेन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात, २०८२ साउन १ गते देखि २०८३ असार मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरू उपर छलफल गरी पारित गर्ने छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.ब. २०८३/२०८४ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालक समितिले भए गरेको कार्य तथा निर्णयहरूको अनुमोदन गर्ने र संचालक समिति तथा प्रबन्ध संचालकको सेवा सुविधा सम्बन्धी प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।

