
सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ६०० रुपैयाँ र चाँदी १२५ रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १२५ रुपैयाँले बढेर तोलाको ४ हजार ७७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६२५ रुपैयाँ रहेको थियो ।

