
असोज महिनाका लागि वाणिज्य बैंकहरुले निर्धारण गरे ब्याजदर, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन् । बैंकहरुले आज सूचना प्रकाशित गरी असोज महिनामा लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्। वाणिज्य बैंकहरुमध्ये २ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकीले स्थिर राखेका छन् ।
असोजका लागि व्यक्तिगत मुद्दति निक्षेप अधिकतम ब्याजदर घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटाएर ३.७५ प्रतिशत र कुमारीले ३.४३ प्रतिशत कायम गरेका छन्। भदौमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशत ब्याज दिएका थिए।
भदौकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई असोजमा निरन्तरता दिनेमा सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआईबैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन्।
असोजमा पनि अब सिटिजन्स बैंकले ३.८५ प्रतिशत, ग्लोबल आइएमई बैंक ४ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, नबिल बैंकले ४.२५ प्रतिशत, नेपाल बैंकले ४.१५ प्रतिशत, एनआईसी एसिया बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, एभरेष्ट बैंकले ३.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंकले ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

