

बैंकरलाई बीमा कम्पनीको चाबी सुम्पिने परिपाटी कायमै, बीमामा अब्बल जनशक्ती खोई ?




काठमाडौं । नेपाली बीमा क्षेत्रमा योग्य जनशक्तीको अभाव रहेको कुरा कम्पनीहरु स्वयमले स्वीकार गर्ने गर्छन् । कारण, एक त बीमाको सुरुवात नै छिमेकी राष्ट्र भारतबाट सापटी लिएको जसरी चल्नु पर्ने बाध्यात्मक अवस्था छ । अर्को भनेको बीमा कम्पनीहरुले आफ्नो प्रत्येक वर्षका एक्चुरीयल भ्यालुयसनका लागि भारतकै भर पर्नुपर्छ । त्यसमा पनि नेपालमा रहेका बीमा कम्पनीहरुको वर्गभन्दा विदेशी कम्पनीहरु निकै स्तर माथि भएका आफ्ना व्यावसायीक विश्वास जोगाउन पनि विदेशी पुनर्बीमा कम्पनी नै नेपाली बीमा कम्पनीहरुको रोजाईमा पर्ने गर्छ ।
ठिक यही बेलामा अर्को जटिल विषय पनि नेपाली बीमा क्षेत्रमा थपिएको छ । त्यस्तो विषय भनेको बीमा क्षेत्रमा काम गरेका व्यक्तीलाई भन्दा पनि बैंकबाट बीमामा आएको व्यक्तीलाई बढी प्राथमिकता दिने पुरानो परिपाटी कायमै छ । यस्तो चलन सरकारी र निजी दुवै किसिमका कम्पनीहरुमा विद्यमान छ । विगतमा नेपालमा बीमाको भर्खर सुरुवात भएको बेलामा त्यस्तो चलन सामान्य जस्तै मानिन्थ्यो । तर, अहिले नेपाली बीमा क्षेत्रको नियामक निकाय हालको (नेपाल बीमा प्राधिकरण) को विरासत पाँच दशक भन्दा पनि बढी छ । यस्तो बेलामा नियामक निकायले बीमा क्षेत्र भन्दा बाहिरकै सीईओ निर्माण गर्ने भन्दा पनि बीमा कम्पनीमा रहेका जनशक्तीलाई उपयुक्त तालिम दिने र निजको दक्षता बढाउँनु पर्ने खाँचो देखिएको छ । बीमा ऐनले नै बाटो खुला गरेर बैंकबाट सीईओ तान्ने प्रावधानमा कुनै आपत्ती नभए पनि बीमा क्षेत्रको चाही आफ्नो योग्य जनशक्ती खोई ? भन्ने प्रश्न महत्वपूर्ण देखिन्छ ।
हाल बीमा क्षेत्रमै काम गरेर बीमा कम्पनीको सीईओ हात पार्नेको संख्या पनि एकपछि अर्को गरी नबढेको भने होइन । तर, यसमा खास कुरा भनेको नेपाल बीमा प्राधिकरणले नै आफ्नो जनशक्ती र कार्य क्षमता नेपाल राष्ट्र बैंकको तुलनामा कम रहेको स्वीकार गर्छ । यो देखिएको सत्य पनि हो । यस बिचमा पनि बीमा क्षेत्रले आफूलाई थप विश्वस्नीय र योग्य बनाउँदै लग्न बीमा क्षेत्रमै काम गरेका जनशक्तीले बीमा कम्पनीहरुको बागडोर सम्हाल्नु पर्छ भन्दा गलत नहोला ।
अनुभवि सीईओहरु लघु बीमामा
हाल बीमा क्षेत्रमा लामो समय काम गरेका सीईओहरु लघु बीमामा छन् । अझ भनौ लघु बीमा कम्पनीका अधिकांश सीईओहरु अन्य कम्पनीको तुलनामा अनुभवि देखिन्छन् । तर, यसमा एउटा तथ्य के लुकेको छ भने बीमा क्षेत्रको विभिन्न अनुभव हाँसिल गरेका सीईओहरुलाई सरकारी मातहतको कम्पनी वा बीमा प्राधिकरणमा काम गर्ने बातावरण किन दिइदैन ? नेपाली बीमा उद्योगले उच्च कर्मचारीहरुलाई देखाउँनु पर्ने सदासयता झन झन सानो कम्पनीमा लगेर खुम्च्याउँनुमा छ त भन्ने भनाई एकातर्फ उठीरहेको बेलामा अर्कोतर्फ अनुभवि सीईओहरुलाई ठूला कम्पनीको सल्लाहकारसम्मको वातावरण बनाउँनु पर्ने नेपाली बीमा उद्योगले मागेको देखिन्छ ।
अझ भनौ एक त बीमा क्षेत्रले आफ्नो उत्पादनलाई मुख्य नेत्तृत्वमा जाने वातावरण दिएको छैन, अर्को भनेको लामो समय काम गरेर पनि पुराना, ठूला र अनुभवीहरुले उच्च तह किन रोज्दैनन त भन्ने पनि महत्वपूर्ण प्रश्न हो ।
हालसालैको बजार सिनारीयो हेर्दा चाटर्ड एकाउण्टेन्ट पढेका, बीमा क्षेत्रको भित्री कुरा बुझेका र पुराना र अनुवभी कर्मचारीहरुलाई आज बीमा उद्योगले रोजेन् । एक त बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाइएको छ । दोस्रो लगानी अनुसारको रिर्टनको पनि कुरा उठेकै छन् । यस्तो बेलामा बीमा क्षेत्रमा काम गरेका जनशक्तीलाई बीमाकै उच्च तहसम्म पुर्याउने खुट्किला नेपाली बीमा क्षेत्रले निर्माण गर्नु पर्ने देखिन्छ ।
कहिले नेपालमा योग्य जनशक्ती नभएको भन्दै भारतबाट सीईओ मगाएर कम्पनी चलाउँने फेरी एक कम्पनीमा काम गरेको सीईओलाई थुतेर लगेको जसरी अर्को कम्पनीमा नियुक्ती दिनुले नेपाली बीमा क्षेत्रको दूर दर्शीता र भनाई गराईमा एकरुपता निकै कमजोर देखाउँछ ।
यसर्थ, हामीलाई को सीईओ बन्छ भन्ने कुरामा विश्लेषण गर्न खासै इच्छा होइन । तर, नेपाली बीमा क्षेत्रको ओभर अल सिनारीयो हेर्ने जिम्मा लिएका उच्च तहबाटै आफ्ना जशक्तीलाई साच्चैको योग्य बनाउँन अब ध्यान दिने हो कि भन्नेमा मुख्य चासो हो ।
आशा छ नेपाली बीमा क्षेत्रले एक दिन बैंक ठूलो कि बीमा ठूलो, बैंकर ठूलो कि बीमाकर्मी ठूलो ? भन्ने बहसको व्यवहारिक रुपमा नै अन्य गर्न सहि जवाफ दिने हैसियत निर्माण गर्नेछ ।