
युनाइटेड अजोड इन्स्योरेन्सकी सञ्चालक केसीको राजीनामा स्वीकृत

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक संगीता केसीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ २६ गते सम्पन्न सञ्चालक समिति बैठकले केसीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा रहँदै आएकी थिइन् । कम्पनीका अनुसार केसीको राजीनामा भदौ २६ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको छ ।


