
युनाइटेड रेफरेन्स ल्याबोरेटरी ग्रुप र लुम्बिनी विकास बैंक लिमिटेडबीच छुट सम्झौता

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँचलाई अझ सहज, सरल र किफायती बनाउने उद्देश्यका साथ United Reference Laboratory (URL) Group Pvt. Ltd. र Lumbini Bikas Bank Limited (LBBL) बीच सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ। यस सम्झौताअन्तर्गत लुम्बिनी विकास बैंकका खातावाल, डेबिट/क्रेडिट कार्डधारक, LBBL Smart प्रयोगकर्ता तथा कर्मचारी एवं कर्मचारीका परिवारजनले URL का नियमित प्रयोगशाला सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
स्वस्थ जीवनको यात्रामा गुणस्तरीय सेवा र विश्वासिलो सहकार्य हाम्रो प्रतिबद्धता हो। बैंकिङ र स्वास्थ्य सेवाबीचको यस सहकार्यले ग्राहक तथा सेवाग्राहीलाई थप सुविधा प्रदान गर्नुका साथै “विश्वसनीय रिपोर्ट, गुणस्तरीय सेवा र स्वस्थ समाज” निर्माण गर्ने URL को अभियानलाई अझ मजबुत बनाउने विश्वास लिएका छौं।


