
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएकाे छ । अहिले जेसीबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको प्रहरीकाे भनाइ छ। पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

