
वल्र्डलिंक कम्युनिकेशन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोश उद्धार कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं । वल्र्डलिंक कम्युनिकेशन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोश उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयो गरेको छ । विपद्को घडीमा पनि, हामी सँगै भन्दै कम्पनीले आज अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्छरण गरेको हो ।
कम्पनीले प्रभावित समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो साथ, संकटमा सहयोग, निर्माण सहकार्य सधै रहने जनाएको छ ।

