
बाढीपीडितलाई आर्थिक सहयोग जुटाउने क्रम जारी

काठमाडौं । पर्साका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन्। वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि रु दुई लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका छन्।

